काठमाडौं । सञ्चारिक समानता पुरस्कारबाट तीन पत्रकार सम्मानित भएका छन्। मुना कुँवरलाई सञ्चारिक समानता पुरस्कार २०७६ र फतिमा बानु र विद्या राईलाई संयुक्त रूपमा सञ्चारिक समानता पुरस्कार २०७७ प्रदान गरिएको हो।

स्व.उमा सिंह पत्रकारिता पुरस्कार २०७७ हिरा परियारलाई प्रदान गरिएको छ भने सञ्चारिक प्रोत्साहन पुरस्कार २०७७ बाट पत्रकारद्वय सपना थामी र सृजना खड्का सम्मानित भएका छिन्। यस्तै २०७६ को स्व.उमा सिंह पत्रकारिता पुरुस्कार रौतहटकी बिना राउतलाई प्रदान गरिएको छ। सञ्चारिका प्रोत्साहन पुरुस्कार २०७६ बाट मनिका विश्वकर्मा र सीतादेवी पोखरेल सम्मानित भएका छन्।

समाचारको भाषाशैली, विषयबस्तु, सन्देश, लैङ्गिग संवेदनशीलता र अन्वेषणलाई आधार बनाएर पुरस्काका लागि छनौट गरेको हो। छनौट समितिमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, संचारिका समूहका पूर्वअध्यक्ष निर्मला शर्मा र सञ्चारिका समूहका महासचिव विमला तुम्खेवा थिए।

महिला पत्रकारको उत्साह बढाउन समूहले प्रत्येक वर्ष सञ्चारिक समानता पुरस्कार, स्व.उमासिंह पुरस्कार र सञ्चारिक प्रोत्साहन पुरस्कार प्रदान गर्दै आएको छ। समूहले २०५७ सालबाट सञ्चारिक समानता पुरस्कार वितरण गर्न थालेको हो।

तपाईको प्रतिक्रिया