काठमाडौं । सुनचाँदी बजारमा आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला रु. १ लाख २ हजार ८०० तोकिएको छ।
अघिल्लो दिन प्रतितोला रु. १ लाख २ हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. १ लाख २ हजार ३ सय तोकिएकाेमा गत शुक्रबार प्रतितोला रु. १ लाख २ हजार १ सय थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले बढेर एक हजार ४२५ पुगेको महासंघले जनाएको छ ।महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९ सय ८७ डलर आसपास कारोबार भइरहेको छ।