काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघ बागमती प्रदेशको अध्यक्षमा ललितपुरका रमेशबहादुर अछामी सर्वसम्मत निर्वाचित भएका छन् ।
मंगलबार र बुधबार काठमाडौंमा भएको संघको प्रथम अधिवेशनले अछामीलाई प्रदेश कार्यसमितिको अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा सुरेश परियार, राजन बराइली र सुना परियार, सचिवमा सुदर्शन नेपाली र राजु सुनार, सहसचिवमा सर्मिला विश्वकर्मा र कोषाध्यक्षमा मैया महते सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशनमा प्रदेशभरिका प्रतिनिधिहरु सहभागी थिए ।
मंगलबार भएको अधिवेशनको उद्घाटन सत्रमा कांग्रेस नेता प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु मीन विश्वकर्मा, हरिसरण नेपाली, प्रकाश स्नेही, नैनसिंह महर लगायत नेताहरुले सम्बोधन गरेका थिए ।