शान्तिका लागि साझा अभियान (कोक्याप)को १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
काठमाडौंमा सम्पन्न साधारण सभाको प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुयाँलले पानसमा बत्ति वालेर उद्घाटन गर्नुभयो ।
प्रमुख अतिथि डा. फुयाँलले नेपालमा सामाजिक सुरक्षा सम्बन्धमा नेपाल सरकारको नीतिगत व्यवस्था, यसको कायन्वयन अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै साधारण सभाको पुर्ण सफलताको कामना गर्नुभयो ।
उद्घाटनसत्रमा कार्यक्रमका अतिथि सार्वजनिक नीति तथा प्रशाषन र राजनीतिक विष्लेषक राकेश कर्णले नेपालमा नागरिक समाजको वर्तमान अवस्था र यसको भावी रणनीतिका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभभएको थियो ।
कार्यक्रमको उदघाटनसत्रमा कोक्यापको आयोजनामा यसै वर्ष सम्पन्न १३ औ मानव अधिकार राष्ट्रिय महाभेलालाई सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने व्यत्ति, तथा संघसंस्थालाई मायाको चिनोले सम्मान गरिएको छ ।
सम्मानित हुनुहरुमा कोक्यापका महासचिव पुस्पराज पौडेल, कार्य समिति सदस्य तथा वागमती प्रदेश संयोजक विरु नेपाली, कोक्याप केन्द्रिय कार्यलयका कार्यक्रम व्यवस्थापक सरोज नेपाल, लगाएत कार्यक्रम संयोजक प्रभात भट्ट, सञ्चार अधिकृत स्मिथु घिसिङ, वकालत अधिकृत विना कुँवर, वित्त अधिकृत सम्झाना शर्मा, रिसेप्नेष्टि आस्था शाही ठकुरी, कार्यक्रम सहायक राम सुनुवार हुनुहुन्छ ।
साथै गोर्खापत्रका फोटो पत्रकार कविता थापा र गोर्खा पत्रकै पत्रकार शिवा तामाङलाई समेत मायाको चिनोले सम्मान गरिएको छ ।
संस्थाको बार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा कोक्यापका अध्यक्ष तथा साधारण सभाका सभा अध्यक्ष रोश्ना खड्काले नागरिक समाजको भूमिकालाई थप प्रभावकारी बनाउन र नागरिक संघ सस्थाहरुको सम्वन्ध र सहकार्यलाई बलियो बनाउन अझ कार्य गर्ने बताउनुभयो ।
कार्यक्रममा वार्षिक साधारण सभाको सभा अध्यक्षताबाट वोल्दै कार्यक्रम उपस्थित प्रमुख अतिथि तथा अतिथि लगाएत सम्पुर्ण सहभागीलाई धन्यवाद दिनुभयो ।
त्यसैगरी कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीलाई स्वागत गर्नुभएको थियो भने, कार्यक्रमको सहजीकरण सस्थाका महासचिव पुस्पराज पौडेलले गर्नुभएको थियो ।
संस्थाको वार्षिक साधारण सभाको उद्घाटन सत्रपछि वन्द सत्रमा संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रगति सँगै भावि रणनीति प्रस्तुत गरिएको छ ।