शान्तिका लागि साझा अभियान कोक्याप बागमती प्रदेशले मनोहरी गाउँपालिका मकवानपुरमा सामाजिक सुरक्षा विषयक अभिमुखीकरण तथा सुपरिवेक्षण समितिको बैठक आयोजना गरेको छ ।

मनोहरी गाउँपालिकाको कार्यालय मकवानपुरमा आज गाउँपालिकाका कर्मचारीहरुलाई लक्षित गर्दै बागमती प्रदेश कोक्यापले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
सामाजिक सुरक्षा बिषयक अभिमुखीकरण कार्यक्रममा कोक्यापका पूर्व वरिष्ठ उपाध्यक्ष तथा अधिवत्ता दिपेन्द्र ढकालले सामाजिक सुरक्षा कार्यक्रमको उद्देश्य, यससम्बन्धि नेपाल सरकारले संविधानमा गरेको व्यवस्था ऐन कानुन र कार्यविधीको बारेमा अवधारणा पत्र प्रस्तुत गर्नुभयो ।

उहाँले नेपालमा सामाजिक सुरक्षाको महत्व र सार्वजनिक सेवाहरु अझै प्रभावकारी हुन नसकेकाले गाउँपालिकाले दिने सेवालाई अझै अभियानको रुपमा लैजानुपर्नेमा जोड दिनुभयो ।

कोक्यापका केन्द्रिय कार्यसमिति सदस्य तथा बागमती संयोजक विरु नेपालीले सामाजिक सुरक्षा विषयक अभिमुखीकरण कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै, कोक्यापले सुरु गरेको नागरिक अभियानको बारेमा बताउनुभयो ।

उहाँले मानविय जिवनमा आईपर्ने कुनै पनि जोखिमलाई घटाउन सरकारले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रमको आयोजनालाई सफल बनाउन आफूहरु स्थानीय तहको मध्यस्तकर्ताको भुमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।

कोक्यापका बागमती संयोजक नेपालीले दलित तथा सिमान्तकृत समुदाय अझै पनि राज्यको सामाजिक सुरक्षा लगाएतका थुप्रै सेवा सुविधाबाट वञ्चितकरणमा परेकाले यो अभियानमा गाउँपालिका कर्मचारी लगाएत जनप्रतिनिधीहरुको भुमिका अझ बढि छ भन्नुभयो ।

साथै उहाँले कोक्याप स्थापना भएको दुई दशकदेखी नागरिक समाजको भुमिकामा अगुवाको काम गर्दै आएकाले स्थानीय सरकारबाट स्थानीय समुदायले लाभ पाउने विषय प्रभावकारी भए नभएको समेत अनुगमन गर्ने जानकारी गराउनुभयो ।

आजै भएको सुपरिवेक्षण समितिको बैठकले यसै गाउँपालिकाका पञ्जिकरण शाषाका कर्मचारी दिपक अधिकारीलाई समितिको संयोजक तोकिएको छ ।
समितिले गाउँपालिकाबाट प्रदान गरिने सामाजिक सुरक्षाको सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउन अनुगमनको कार्यलाई जोड दिनेछ ।

तपाईको प्रतिक्रिया