काठमाडौं । सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका नेतृत्व कुन दलले लिने भन्ने विषय टुंगो लगाएको छ।

आज (बुधबार) ६ महानगरपालिका र ११ उपमहानगरको भागबन्डा टुंगिएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गाेविन्द परियारले जानकारी दिए।

महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनबाट सहमति जुटाउन निरन्तर गठबन्धनको बैठक बस्दै आएको थियो। अन्ततः आज सहमति जुटेकाे हाे।

नेपाली कांग्रेसलाई तीन महानगरमा मेयर, तीन महानगरमा उपमेयर तथा सात उपमहानगरमा मेयर र चार उपमहानगरमा उपमेयर भागमा परेको छ।

नेपाली कांग्रेसका तर्फबाट मेयरमा उम्मेदवारी दिने महानगरपालिकाहरु काठमाडौं, ललितपुर र विराटनगर रहेका छन् भने उपमेयर पदमा उम्मेदवारी दिने महानगरपालिका वीरगंज, भरतपुर र पोखरा छन्र।

त्यसैगरी मेयरमा कांग्रेसले उम्मेदवारी दिने उपमहानगरपालिकाहरु धरान, इटहरी, कलैया,  बुटवल, तुलसीपुर, नेपालगंज र धनगढी रहेका छन्। उपमेयरमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरु जितपुर सिमरा, घोराही, जनकपुर र हेटौडा रहेका छन्।

त्यस्तै माओवादी केन्द्रलाई एक महानगरमा मेयर, एक महानगरमा उपमेयर तथा दुई उपमहानगरमा मेयर र दुई उपमहानगरमा उपमेयर भागमा परेको छ।

माओवादी केन्द्रका तर्फबाट मेयरमा उम्मेदवारी दिने महानगरपालिका भरतपुर र  उपमेयरमा उम्मेदवारी दिने महानगरपालिका ललितपुर रहेका छन्।

मेयरमा उम्मेदवारी दिने उपमहानगरपालिकामा जितपुर सिमरा र घोराही माओवादी केन्द्रकाे भागमा परेका छन्। साे दलले उपमेयरमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरु धरान र धनगढी रहेका छन्।

नेकपा एकीकृत समाजवादी एक महानगरमा मेयर, एक महानगरमा उपमेयर तथा एक उपमहानगरमा मेयर र तीन उपमहानगरमा उपमेयर भागमा परेको छ।

एकीकृत समाजवादीले मेयरमा उम्मेदवारी दिने महानगरपालिका पोखरा र उपमेयरमा उम्मेदवारी दिने महानगरपालिका काठमाडौं रहेका छन्।

एकीकृत समाजवादीले मेयरमा उम्मेदवारी दिने उपमहानगरपालिका हेटौंडा र  उपमेयरमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरु  इटहरी, बुटवल र तुलसीपुर रहेका छन्।

जनता समाजवादी पार्टी (जसपा) लाई एक महानगरमा मेयर, एक महानगरमा उपमेयर तथा एक उपमहानगरमा मेयर र दुई उपमहानगरमा उपमेयर भागमा परेको छ।

जसपा नेपालका तर्फबाट मेयरमा उम्मेदवारी दिने महानगरपालिका वीरगन्ज र उपमेयरमामा उम्मेदवारी दिने महानगरपालिक विराटनगर रहेका छन्।

मेयरमा उम्मेदवारीका लागि जसपाले पाएकाे उपमहानगरपालिका जनकपुर रहेकाे छ भने उपमेयरमाका लागि कलैया र नेपालगन्ज रहेका छन्।

महानगरको मेयरका लागि कसले कहाँ उम्मेदवारी दिने भन्ने विषय मंगलबार नै टुंगिए पनि महानगर उपमेयर र उपमहानगरका मेयर र उपमेयरका लागि भागबन्डा मिलाउन निकै बेर छलफल भएको थियो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनको मापदण्ड र सहमतिका आधारमा सम्बन्धित समितिहरुको बैठक बसेर अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरुको चयन गर्न निर्देश गरेको बताए।

त्यस्तै सहमति बन्न नसकेको अवस्थामा गठबन्धनभित्रै मित्रवत प्रतिस्पर्धा गर्न सकिने समझदारी बनेको कार्कीले जानकारी दिए।

गठबन्धनको सहमतिपत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।

कुन दललाई कहाँ कुन पद?

नेपाली कांग्रेसका तर्फबाट मेयरमा उम्मेदवारी दिने महानगरपालिकाहरु
१. काठमाडौं २. ललितपुर ३. विराटनगर

उपमेयरमा उम्मेदवारी दिने महानगरपालिकाहरु

१. वीरगन्ज २. भरतपुर ३. पोखरा ४. जनकपुर

 मेयरमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरु

१. धरान २. इटहरि ३. कलैया ४. बुटवल ५. तुलसीपुर

६. नेपालगन्ज ७. धनगढी

उपमेयरमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरु

१. जितपुर सिमरा २. घोराही ३. हेटौंडा ४. जनकपुर

नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरमा उम्मेदवारी दिने महानगरपालिका

१. भरतपुर

 उपमेयरमा उम्मेदवारी दिने महानगरपालिका

१. ललितपुर

 मेयरमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरु

१. जितपुर सिमरा २. घोराही

उपमेयरमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरु

१. धरान २. धनगढी

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट मेयरमा उम्मेदवारी दिने महानगरपालिका

१. पोखरा

.       उपमेयरमा उम्मेदवारी दिने महानगरपालिका

१. काठमाडौं

 मेयरमा उम्मेदवारी दिने उपमहानगरपालिका

१. हेटौडा

उपमेयरमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरु

१. इटहरी २. बुटवल ३. तुलसीपुर

जनता समाजवादी पार्टी नेपालका तर्फबाट मेयरमा उम्मेदवारी दिने महानगरपालिका

१. विरगंज

उपमेयरमामा उम्मेदवारी दिने महानगरपालिका

१. विराटनगर

मेयरमा उम्मेदवारी दिने उपमहानगरपालिकाहरु

१. जनकपुर

  उपमेयरमामा उम्मेदवारी दिने उपमहानगरपालिकाहरु

१. कलैया २. नेपालगन्ज

तपाईको प्रतिक्रिया