काठमाडौं । कलाकार प्रकाश सपुतले ‘पीर’ गीत सार्वजनिक गरेका छन्। यो गीत परिवर्तनका लागि लड्नेहरु जसले युद्ध त लडे तर आफ्नो अवस्था परिवर्तन गर्न सकेनन्,उनीहरुको लडाइँ ‘दुई छाक’ खाना र सामान्य जनजीवनको संघर्षमा कसरी सीमित रहिरह्यो भन्नेमा केन्द्रित रहेको छ।

सन् २००७ मा संयुक्त राष्ट्रसंघले गरेको माओवादी लडाकु प्रमाणीकरणका क्रममा झण्डै ४ हजार जनालाई अयोग्य घोषित गरिएको थियो। जसमध्ये झण्डै ३ हजार जना नाबालिग ठहरिएका थिए।

पुन:स्थापित गराइने अयोग्य माओवादी लडाकुहरुको ६४ प्रकारका व्यवसायिक तालिमहरु लिन पाउने प्रस्ताव पनि राष्ट्रसंघीय कार्ययोजनामा गरिएको थियो।

युद्धमा होमिएका लडाकुहरु युद्धबिरामपछि नकारात्मक असर भोगिरहेको कुरालाई यो गीतले प्रस्तुत गरेको छ।

 

तपाईको प्रतिक्रिया