अछाम । नेकपा माओवादी केन्द्रले अछामको बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा मदन भुल सिफारिस भएका छन् ।
उनी माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्ष समेत हुन् ।
बान्निगढी जयगढ गाउँपालिका संगठन कमिटीको बुधबार बसेको बैठकले भुललाई गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारका लागि सिफारिस गरेको हो ।
२०५८ सालदेखि विद्यार्थी राजनितिमा सक्रिय रुपमा होमिएका भुल युवा बिध्यार्थी माझ प्रभावशाली नेताको रुपमा चिनिन्छन् । विद्यार्थी संगठनको जिल्ला अध्यक्ष हुँदै सुदुरपश्चिम प्रदेश संयोजक इन्चार्ज केन्द्रिय सचिब भइसकेका उनी हालै मात्रै केन्द्रीय उपाध्यक्षमा चयन भएका हुन् ।
वडा नं. ५ मा सामान्य किसान परिवारमा जन्मेका मदन सानै उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय लिडरसिप स्वभावका निडर, क्षमतावान र प्रभाबशाली युवाको रुपमा चिनिन्छन् ।
माओवादी केन्द्रले गाउँपलिका अध्यक्षका लागि नयनबहादुर शाह र उपाध्यक्षमा महिला नेतृ निर्मला साउदको समेत नाम सिफारिस भएको छ ।