बझाङ । बझाङको बुंङ्गल नगरपालिकाको मेयरमा कांग्रेसबाट मञ्जित ताम्राकारसहित छ जनाको नाम सिफारिस भएको छ ।

दलित समुदायका नेता ताम्राकार राष्ट्रिय दलित आयोगका पुर्वकार्यवाहक अध्यक्ष समेत हुन् ।

नेपाली कांग्रेस नगर कार्यसमितिको बैठकले पार्टीको माथिल्लो निकायलाई ताम्राकारसहित छ जनाको नाम लेखी पठाएको हो । कांग्रेसले नेता ताम्राकारसहित हेमन्तबहादुर सिंह, धनबहादुर विष्ट, नरेश थापा, जयबहादुर धामी र गोपाल कुँवरको समेत नाम सिफारिस गरेको छ ।

अब उनीहरुमध्ये एक जनालाई प्रदेश संसदीय समितिले मेयर पदको टिकट दिनेछ ।

तपाईको प्रतिक्रिया