काठमाडौं । राष्ट्रिय भूमि अधिकार मञ्चले स्थानीय तह निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई घोषणा पत्र र प्रतिवद्धता पत्रमा भूमि सम्बन्धी व्यवस्था गर्न माग गरेको छ । मञ्चले भूमिसम्बन्धी काम गर्न स्थानीय तहले गर्न सक्ने सूचीसहित उम्मेदवारलाई आफ्नो प्रतिवद्धता पत्रमा त्यस्ता एजेन्डा समावेश गर्न आग्रह गरेको हो ।
मञ्चकी अध्यक्ष सरस्वती सुब्बाले स्थानीय तह निर्वाचनमा उम्मेदवारले आफ्नो प्रतिवद्धतामा त्यस्ता एजेन्डा समावेश गरे भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको हकमा काम गर्नुपर्ने आधार तय हुने बताइन् ।
मञ्चले भूमिसम्बन्धी कामलाई सहज बनाउने, पतीपत्नी दुवैको नाममा संयुक्त लालपुर्जा निर्माण अभियान सञ्चालन गर्ने जस्ता लोकप्रिय कार्यक्रमहरू प्रतिवद्धता पत्रमा समावेश गर्न आग्रह गरेको छ ।
यस्ता छन् मन्चले राखेका माग :-