बैतडी । आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि बैतडीमाा कम्प्यूटर अपरेटरको ठाउँमा आईटी अफिसरलाई खटाएको पाइएको छ । जिल्लाको पाटन नगरपालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा कम्प्यूटर अपरेटरको ठाउँमा आईटी अफिसर खटाइएको हो ।

उक्त नगरपालिकामा कम्प्यूटर अपरेटर हुदाँ हुदैँ पनि नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रप्रसाद भट्टले कार्यालयमा कार्यरत अस्थायी आईटी अफिसर महेशप्रसाद भट्टलाई कम्प्यूटर अधिकृतमा खटाएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले भने पाटन नगरपालिकाले उपलब्ध गराएको कर्मचारी विवरणका आधारमा कर्मचारी खटाइएको छ ।

निर्वाचन अधिकृत इश्वदत्त जोशीले निर्वाचन अधिकृतको कार्यालयमा सहायक निर्वाचन अधिकृतको जिम्मेवारीमा रहेका नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भट्टले नै कम्प्यूटर अपरेटरको ठाउँमा आईटी अफिसरको नाम पठाएका कारण उनलाई नियुक्त गरिएको समता प्रेससँग बताए । उनले भने, ‘मैले नियुक्ती दिएको सहि हो । तर, सहायक निर्वाचन अधिकृतको जिम्मेवारीमा नै पाटन नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद भट्ट हुनुहुन्छ । उहाँले पठाए अनुसार नै मैले नियुक्त गरेको हो । यो बारेमा उहाँसँग नै कुरा गर्न सक्नुहुन्छ ।’

सहायक निर्वाचन अधिकृतको जिम्मेवारीमा रहेका पाटन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भट्टले भने निर्वाचनको अवधिमा धेरै काम गर्नुपर्ने र रातिसमेत बसेर काम गर्नुपर्ने भएकाले महिलालाई नभएर पुरुष आईटी अफिसर कर्मचारीलाई कम्प्यूटर अपरेटरमा खटाइएको बताएका छन् । उनले भने, ‘हो हामीसँग कम्यूटर अपरेरट पनि हुनुहुन्छ । तर, उहाँलाई नै खटाउनुपर्छ भन्ने छैन् । अर्को स्थानीय तह वा जिल्लाका अन्य कार्यालयबाट पनि खटाउन सक्थ्यो निर्वाचन अधिकृतको कार्यालयले । तर, मैले अलिकति काम गर्न सक्ने, जुन बेला पनि खटिन सक्ने भनेर आईटी अफिसरलाई खटाएको हो ।’

तर, निमित्त प्रमुख प्रशासकिय अधिृकत भट्टले नगरपालिकामा कार्यरत सहायक कम्प्यूटर अपरेटर प्रतिभा गैरेलाई जानकारी नै नगराएर मापदण्ड विपरित नाताबादका आधारमा आईटी अफिसर भट्टलाई कम्यूटर अपरेटरमा खटाएका बुझिएको छ । भट्ट पाटन नगरपालिकामा अस्थायी रुपमा राजपत्रांकित तृतिय श्रेणी अर्थात आईटी अफिरसरमा कार्यरत छन् भने गैर राजपत्र अनंकित द्धितिय श्रेणी अर्थात चौथो तह खरिदारका रुपमा स्थायी सहायक कम्प्यूटर अपरेटरका रुपमा कार्यरत कर्मचारी हुन् । मायदण्ड अनुसार कम्यूटर अपरेटरका लागि योग्य व्यक्ति गैरे नै हुन् ।

स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७८ को पाँच नम्बर बुदाँमा निर्वाचन अधिकृतको कार्यालयमा रहने कर्मचारीको व्यवस्था गरिएको छ । जसको उपबुदाँ ‘च’ मा कम्यूटर अपरेटरका रुपमा राजपत्र अंकित प्रथम वा द्धितिय श्रेणी वा सहायक पाँचौ वा चौथो तहको कर्मचारी खटाउने भनेर स्पष्ट रुपमा उल्लेख गरिएको छ । यतिमा नभएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि कम्यूटर अपरेटरका रुपमा राजपत्र अनंकित प्रथम वा द्धितिय श्रेणी वा सहायक पाँचौ वा चौथो तहको कर्मचारी राख्न मिल्ने व्यवस्था गरिएको छ ।

पाटन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भट्टले कम्यूटर अपरेटर गैरेमाथी अर्को अन्याय गरेको पनि खुलासा भएको छ । उनी कम्यूटर अपरेरटका रुपमा कार्यालयमाा नियुक्त भए पनि उनलाई विगत तीन वर्षदेखि दर्ता चलानी शाखामा राखेर कम्यूटर अपरेरट पदमा अस्थायी कम्यूटर अपरेटरलाई नियुक्त गरेका छन् । यस बारेमा प्रश्न गर्दा पनि प्रमुख प्रशासकिय अधिकृत भट्टले कार्यालयमा कर्मचारी अभाव भएका कारणले यसो गरिएको बताउदैँ आवश्यकता अनुसार जो सुकै कर्मचारीलाई जहाँ पनि खटाउन सकिने तर्क गरे ।

तपाईको प्रतिक्रिया