चौरजहारी नगरपालिकाको नगर प्रमुखमा पुष्प वादी निर्वाचित हुनुभएको छ । नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिनुभएका पुष्प वादी ६८८२ मतले विजयी हुनुभएको हो ।
उहाँका प्रतिद्धन्दी नेपाली कांग्रेसका प्रेम बहादुर वलीले ६३११ मत प्राप्त गर्नु भएको छ ।

२०७९ साल बैशाष ३० गते भएको स्थानीय निर्वाचनमा उहाँले ५७१ मत अन्तरले प्रेम बहादुर वलीलाई पराजित गर्दै नगरपालीका प्रमुख बन्नु भएको हो । पुष्पवादीले आफूलाई अमूल्य मत दिएर निर्वाचित गराउने मतदाताहरुको शिर झुक्न नदिने बताउनुभएको छ ।

जीतपछि उहाँले समृद्ध नगर र खुशि नगरवासीको लागि सबै पक्ष र तप्कासँग सहकार्य र समन्वय गरेर काम गर्ने समेत बताउनुभयो । पुस्प वादी वादी समुदायबाट ईतिहासमै पहिलो पटक स्थानिय सरकारको प्रमुख पदमा पुग्नु भएको हो ।

यस अघि उहाँ नेपाल सरकारद्धारा गठित वादी समुदाय उत्थान विकास समितिको पहिलो कार्यकालको उपाध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँको स्थायी ठेगाना रुकुम चौरजहारी नगरपालिका वडा नं ४ रहेको छ ।

तपाईको प्रतिक्रिया