द वार्म फाउण्डेसन न्यूयोर्कले गायक तथा कलाकार प्रकाश सपुत र साहित्यकार तथा लेखक डा. नवराज लम्सालसाई सम्मान गरेको छ । अमेरिकाको न्यूयोर्कमा आयोजित पुस्तक विमोचन तथा सम्मान समारोहका वीच गायक तथा कलाकार सपुत र साहित्यकार डा.लम्साललाई न्यू योर्क स्टेट सिनेटरबाट सम्मान गरिएको हो ।

पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा न्यूयोर्कका लागि नेपालका वाणिज्य राजदुतावास विष्णु गौतम र अतिथि अमेरिकी प्रजातान्त्रिक नेता तथा सामाजिक अभियन्ता नवराज केसीले कलाकार प्रकास सपुत र नेपाली साहित्यका मुर्धन्य सर्जक डा नवराज लम्साललाई सम्मान गर्नुभएको छ ।

सोही समारोहका विच साहित्यकार डा. नवराज लम्सालद्धारा रचित कृति अग्नी महाकाव्य पुस्तक विमोचन गरिएको छ । महाकाव्य अग्नि पुस्तक विमोचन गर्दै वाणिज्य दुतावास विष्णु गौतमले सम्मानित व्यत्तित्व गायक तथा कालाकार सपुत र साहित्यकार डा.लम्साललाई बधाई तथा शुभकामना दिनुभयो ।

उहाँले कार्यक्रममा बोल्दै नेपाल अमरेकि मैत्री सम्बन्धलाई प्रगाढ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

सम्मान समारोहमा द वार्म फाउण्डेसनका सभापति तथा प्रोफेसर राजन थपलियाले कार्यक्रमको सभापतित्व ग्रहण गर्दै नेपाल अमेरिका सम्बन्धलाई प्रगाढ बनाउन साहित्य कलाक्षेत्रमा योगदान दिने अग्रग व्यत्तित्वलाई सम्मान गर्दै आएको बताउनुभयो ।

त्यस्तै द वार्म फाउण्डेसनका अध्यक्ष तथा गायिका उर्मिला विश्वकर्माले कार्यक्रमको स्वागत गर्दै कला क्षेत्रमा सबै प्रकारका विभेदका विरुद्ध सहयोग गर्ने बताउनुभयो ।

गायक प्रकास सपुतले सम्मानप्रति खुसी व्यक्त गर्दै आफूले सामाजिक अपहेलना विरुद्ध समाज परिवर्तनको सुत्रधारमा लाग्न अझ प्रेरित गरेको बताउनुभयो ।
गायक सपुतका वोलमाया, गलवन्दी, बदला वरिलै, कुरा वुभ्mनुपर्छ, पीर लगाएतका गीती कथामा आधारित थुप्रै मार्मिक सन्देशमुलक गीतहरु चर्चामा छन् ।

त्यसैगरी पुस्तक विमोचन तथा सम्मान समारोहमा सम्मानित अर्का श्रष्टा साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालका दर्जनौं साहित्यिक रचनाहरु रहेका छन् । डा. लम्साल साहित्यमा गीत र कवितामात्र नभई रेडियो पत्रकारितामा पनि निकै चर्चित र परिचित व्यत्तित्व हुनुहुन्छ ।

सम्मान समारोहमा नेपाल पत्रकार महासंघका निवर्तमान सचिव तथा डिगनीटि पोष्टका प्रधान सम्पादक रेम विश्वकर्मा, पत्रकार किरण मरहठ्ठा, नासु कम्युनिटीका न्यूयोर्क शाष उपाध्यक्ष पुण्यवती रम्तेल, द वार्म फाउण्डेसनका कार्यक्रम निर्देशक दिपक परियार, गोर्खा समाजका विकास पाण्डे, रोटरी क्लवका अध्यक्ष सुस्मिता दियाली, तमु गुरुंग समाजका मनिता गुरुंग, सामाजिक अभियन्ता रायन लाम्गादे, कलाकार निशा सुनार, पत्रकार अंकुर लुईटेल, कलाकार जिवन सुनार, विक्की पुलामी यादव गौतम लगाएतका व्यत्तित्वहरुले कार्यक्रममा शुभकामना दिनुभएको थियो ।

द वार्म फाउण्डेसन सामाजिक अपहेलना र वञ्चितिकरणमा परेका समुदायको सामाजिक र शैक्षिक विकासका लागि सन २०२० मा खोलिएको अमेरिकाको न्यूयोर्कमा स्थापित संस्था हो ।

तपाईको प्रतिक्रिया