डा. विष्णुमाया परियार एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्यान्डर कमिसनको सदस्यमा नियुक्त हुनुभएको छ ।  एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्यान्डर कमिसनमा नियुत्त हुुने २८ जना सदस्य मध्ये डा. परियार नेपालबाट एक मात्र हुनुहुन्छ ।

सन २०२१ मा, फिल मर्फी, न्यू जर्सी गभर्नरले राज्यका निकायहरुमा एसियाली अमेरिकी समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न एसियाली अमेरिकी र प्यासिफिक आइल्याण्डर आयोग स्थापना गरेको छ ।
यस वर्ष मे महिनालाई “सम्पदाको महिना”का रूपमा मनाउन आयोगको सदस्यका रूपमा संयुक्त राज्य अमेरिकामा बस्दै आएका २८ एसियालीहरूलाई, फिल मर्फी, न्यू जर्सी गभर्नरले नियुक्ति गरेको हो ।

“न्यू जर्सीमा, हामी हाम्रो विविधतालाई सम्मान गर्छाै,“ गभर्नर मर्फीले भनेका छन् “हाम्रो राज्यमा एएपिआइ बासिन्दाहरूको तेस्रो–ठूलो संख्यामा उपस्थिति भएकोले, हाम्रो एएपिआइ समुदाय हाम्रो राज्यको ठूलो विविधताको एक प्रमुख भाग हो ।”

मर्फीले यी विज्ञ सदस्यहरूलाई न्यू जर्सी एसियाली अमेरिकी र प्यासिफिक आइल्याण्डर कमिसनमा नियुक्त गर्न पाउँदा आफूलाई गर्व लागेको र एएपिआइ समुदायको सामाजिक र आर्थिक सवालहरुलाई सम्बोधन गर्न सहयोग पुग्ने बताएको छ ।

यस सन्दर्भमा डा. विष्णुमाया परियार नेपालका सीमान्तकृत समुदायको स्वास्थ्य, शिक्षा र आर्थिक सशक्तिकरण सुनिश्चित गर्न योगदान पु¥याए बापत उक्त आयोगको सदस्य पदमा नियुक्त गरिएको छ ।
न्यू जर्सी सिटीले नेपाली दलित तथा सिमान्तकृत समुदायकोे सामाजिक समावेशीकरण र सशक्तिकरणमा गरेको उत्कृष्ट कार्यका लागि आयोगमा नियुक्त गरिएको हो ।

त्यसैगरी आईल्याण्डर कमिसनमा मनोनित हने अन्य सदस्यहरुमा पिटर आन, सेसिलिया अरन्जामेन्डेज, एन्जेला बे, साइमा भुट्टा, सामन्था बोबिला, साकेता चडलावडा, डा. रोनाल्ड चेन, गुलशन छाबरा, किन गी, स्मिता नादिया हुसेन, शर्मिला जैपरसौद, विनिता जेठवानी, डा ख्याती कल्याण जोशी, साबेन– मसिह, रिप्पी कर्डा, डा. नवीन मेहरोत्रा, अञ्जली मेहरोत्रा, रुपन्दे मेहता, मेरी पान, फाल्गुनी पाण्डे,  अम्बर रीड, डा. निमिषा शुक्ला, अमोल सिन्हा, गेब्रियल टङ्लाओ, जस्मिन उङ–म्याकहेल, योगिन्दर विर्क र यान मेई वाङ रहेका छन् ।

डा.विष्णुमाया परियार आयोग गठन भएदेखि नै हजारौं नेपाली बालबालिकाको स्वास्थ्य, शिक्षा र आर्थिक सशक्तिकरणमा संलग्न हुदै आउनुभएको छ ।  उहाँले न्यू जर्सी सिटी हल, न्यु जर्सी, सन २०१७मा सम्पन्न संयुक्त राज्य अमेरिकामा समारोहमा नेपालको ऐतिहासिक झण्डा फहराएर निर्णायक भूमिका खेल्नुभएको थियो ।

यो संयुक्त राज्य अमेरिकामा मात्र नभई सारा संसारमा पहिलो हो । डा.परियारले TPS Temporary Protection Status सिटी अफ जर्सी सिटी काउन्सिल रिजोल्युसन 2015 &  2018 मा संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने नेपालीहरूका लागि जर्सी सिटी र नेपालको इन्द्रावती ग्रामीण बीचको सिस्टर सिटीका दूतका रूपमा दुई देशलाई सफलतापूर्वक नजिक ल्याउने का मगर्नुभएको छ ।

संयुक्त राज्य अमेरिकाको लुइसभिल, केवाई, शहरले नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारलाई सिटी प्रोक्लेमेशनद्वारा सम्मान गरेको छ । त्यसैगरी सेप्टेम्बर २७ लाई उक्त शहरले “डा. विष्णुमाया परियार दिवस“ को रूपमा समर्पित गरिएको छ ।

मेयर ग्रेग ई. फिशरले नेपालको दलित तथा सीमान्तकृत जनता, महिला र बालबालिकाका लागि गरेको सामाजिक कार्यका लागि डा. परियार एक प्रख्यात सामाजिक उद्यमी र नेपाली डायस्पोरा बीचको सबैभन्दा प्रशंसनीय व्यक्तित्वको रुपमा मानेको छ ।

तपाईको प्रतिक्रिया