काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब ७७ करोड विनियोजन गरेका छन् ।
मन्त्री शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि उक्त रकम छुट्याइएको जनाए ।