काठमाडौं । स्वच्छ व्यवसायी समुह नेपालले जेठ २१ गते शनिवार विहान काठमाडौंमा प्रभातफेरी र्यालीको आयोजना गर्ने भएको छ ।

विहीबार बेलुका ललितपुरको अलाइन्स कन्फ्रेन्समा पत्रकार सम्मेलन गर्दै स्वच्छ व्यवसायी समुह (फेयर ट्रेड गुरुप एफटिजी) नेपालले भृकुटी मण्डपबाट विहान साढे ६ बजे प्रभातफेरी सुरु गर्न लागेको हो ।

विश्व वातारण दिवस जुन ५ को सन्दर्भ पारी यसपटक एफटिजी नेपालले विश्व स्वच्छ व्यवसाय दिवस २०२२ मनाउदै छ । समुहले जेठ २१ गते शनिबार विहान साढे ६ बजेदेखी प्रभातफेरी आयोजना गर्दै छ भने जेठ २८ गते व्यापार तथा प्रदर्शनी मेला गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा स्वच्छ व्यवसायी समुह नेपालका अध्यक्ष डा. सुनिल चित्रकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व सचिव चन्द घिमिरेको उपस्थितिमा प्रभातफेरी र्याली सुरु गर्ने बताए ।

र्‍याली भृकुटी मण्डप, प्रदर्शनी मार्ग हुदै रत्नपार्क, भोटाहिटी, बाङ्गेमुढा, भेडासिंह, इन्द्रचोक, मखन हुँदै वसन्तपुर दरबार क्षेत्रमा पुगी समापन हुनेछ ।
कार्यक्रममा संस्थामा आवद्ध उत्पादकहरु, शील्पीहरु, तथा शुभेच्छुकहरु सहित एक हजार भन्दा बढीको सहभागीता हुने आयोजक पक्षको अनुमान रहेको छ ।

त्यसैगरी जेठ २८ गते ललिपुरको पुल्चोक स्थित याक प्यालेसमा गर्न व्यापार मेला गर्न लागिएको एफटिजीका अध्यक्ष डा. सुनिल चित्रकारले बताए । मेलामा हस्तकला, कृषि खाद्यजन्य वस्तु र गैरकाष्ठ वनपैदावरजन्य वस्तुहरूको प्रदर्शन गरिने भएको छ । आयोजकले कार्यक्रममा संस्थामा आवद्ध उत्पादकहरु, शिल्पीहरु तथा शुभेच्छुकहरुसहित करिब २५ सय भन्दा बढीले अवलोकन गर्न सक्ने अपेक्षा गरेकोे छ ।

सन् १९९६ मा स्थापना भएको स्वच्छ व्यवसाय समूहमा मुलुकभरीका विभिन्न ३२ सदस्य संस्थाहरूमार्फत स्वच्छ व्यवसायको अभ्यास गरिदै आएको छ ।

सदस्य संस्थाहरूमार्फत देशका ३५ भन्दा बढी जिल्लाहरूमा आर्थिक तथा सामाजिक रूपले पछाडि पारिएका १० हजारभन्दा बढी नागरिकलाई जीविकोपार्जन प्रवद्र्धन र उद्यमशीलता विकासको माध्यमबाट आयआर्जनका अवसरहरू प्रदान गर्दै आएको समुहका अध्यक्ष डा. चित्रकारले बताए ।

एफटिजी नेपालले प्रत्येक वर्ष मे महिनाको दोस्रो शनिवार ‘विश्व स्वच्छ व्यवसायी दिवस’ मनाउँदै आएको छ । यसअघि लगातार दुई वर्ष कोरोना महामारीको संक्रमणका कारण दिवस कार्यक्रम प्रभावित भएको थियो

यस वर्ष पनि मे १४ को दिन जलवायु न्याय विषयमा केन्द्रित रही लेट्स डु ईट फेयर नाराका साथ विश्वव्यापी रूपमा यस दिवस मनाइएको छ ।

तपाईको प्रतिक्रिया