रोल्पा कारागारमा गत जेष्ठ ४ गते झुन्डीएको अवस्थामा मृत फेला परेका नाबालक सुन्दर हरिजनको घटना प्रति न्याय अधिकार संस्था नेपाल –जुरी नेपालले ध्यानार्कषण भएको जनाएको छ ।

संस्थाले बिज्ञप्ती जारी गर्दै कानुन बमोजिम बाल सुधार गृहमा राखिनुपर्ने नाबालकलाई कारागारमा राखीनु र कारागार भित्रै नाबालक हरिजनको ज्यान जानुले बालबालिका तथा कैदी बन्दी सम्बन्धमा संबिधान प्रदत्त मौलिक हक र राष्ट्रिय तथा अन्तर्राष्ट्रि कानुनी व्यवस्था तथा सिद्धान्तको धज्जी उडाएको भन्दै विज्ञप्ति मार्फत ध्यानार्कषण भएको जनाएको हो ।

फौजदारी कानुनको सिद्धान्त विपरित ,गैरकानुनी र अनधिकृत तवरलृ सुन्दर हरिजनलाई कैद राखिएको र सोहि अवधिमा हरिजन झुन्डीएको अवस्थामा मृत फेला परेको भन्ने रहस्यमय खबरले नेपालको कारागार प्रसाशन,व्यवस्थापन,कारागारभित्र कैदी बन्दीको सुरक्षाको विश्वसनियता माथी गम्भीर प्रश्न उब्जाएको छ, बिज्ञप्तीमा भनिएको छ ।

सुन्दर हरिजन घटनामा सरकारले ५ सदसीय समिति गठन गरेको भनिएता पनि विश्वसनियता माथी नागरिक स्तरबाट शंकाको देष्टीकोणले हेरीएकाले नागरिक तहबाट समेत सहभागि हुने गरि अबिलम्ब संसदीय समिती गठन गरि घटनाको निष्पक्ष छानबिन गरि सत्यतथ्य पत्ता लगाई दोषीलाई कानुन बमोजिम हदै सम्मको दण्ड सजाय र पिडितका परिवारलाई न्याय दिलाउन सम्बन्धीत सबैसंग जुरी– नेपाल जोडदार माग गर्दछ,बिज्ञप्तीमा उल्लेख गरिको छ ।

यस अघि बाके नेजालगञ्ज २ घर भएका सुन्दर हरिजनलाई सुर्खेतका विजयबिक्रम शाहको सट्टामा जेलमा रहेको खुलेको थियो ।

तपाईको प्रतिक्रिया