ललितपुर । ललितपुरको याक प्लेसमा आज एक दिने व्यापार प्रदर्शनी मेला आयोजना गरिएको छ । स्वच्छ व्यवसायी समुह नेपालले शनिवार ललितपुर स्थित याक प्लेसमा एक दिने व्यापार प्रदर्शनी मेला आयोजना गरेको हो ।

हरेक वर्ष मे महिनाको दोस्रो शनिवार बिश्व स्वच्छ व्यवसाय दिवस मनाउने गरिन्छ । उत्त दिवसको सन्दर्भमा आयोजित प्रर्दशनी मेलाको उद्घाटन ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले गरे ।

मेलाको उद्घाटन गर्दै उपप्रमुख बज्राचार्यले स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्न यस व्यपार प्रदर्शनी मेलाले व्यवसायीलाई हौसला थप्ने बताए । उनले महानगरपालिकाले सधै कला,संस्कृति र स्थानीय उत्पादनलाई संरक्षण र प्रर्वद्धन गर्ने गरी काम गर्ने प्रतिवद्धता जनाए । उनले भने “अब ललितपुर महानगरपालिकाले स्थानीय तहमा उत्पादन भएका कपडा प्रयोग गरी कर्मचारीहरुको पोसाक, स्थानीय उत्पादन भएका सामग्रीहरु प्रयोग गर्ने छौ ।”

उपप्रमुख बज्राचार्यले नेपालमा विदेशी सामग्रीहरुको प्रयोग गर्ने बानीको विकास भएकाले त्यसलाई निरुत्साहित गर्न स्थानीय तहबाटै सुरु गर्नुपर्ने भनाई राखे ।
स्वच्छ व्यवसायी समुह नेपालले स्वच्छ व्यापार, स्थानीय प्रवद्र्धन, स्थानीय सामग्रीको उपभोग, कला, संस्कृतीको संरक्षण गर्ने उदेश्यले देशभरका ३२ समुहहरुँंग काम गर्दै आएको छ ।

बिगत २ वर्ष कोभिड महामारीले थलिएका व्यवसायीलाई हौसला दिन, काममा थप उत्साह थप्न र प्रचार, प्रसारको लागि एक दिने व्यापार प्रदर्शनी मेला आयोजना गरेको स्वच्छ व्यवसायी समुह नेपालका अध्यक्ष सुनिल चित्रकारले जानकारी दिए ।

प्रर्दशनी मेलामा कुमाल समुदायले उत्पादन गर्ने माटोका भाडाहरु, थारु समुदायले उत्पादन गरेका हस्तकलाका सामग्रीहरु, गलैचा कसरी उत्पादन गरिन्छ भनेर प्रत्यक्ष देखाईएको थियो ।

त्यस्तै बिभिन्न हस्तकलाबाट उत्पादन भएका सजावटका सामग्रीहरु, स्थानीयतहमा उत्पादन भएका चिया, कफि, मह, खाद्यान्न, अचार, कपडा, झोला, व्याग आदि राखिएको थियो । स्वच्छ व्यवसायी समुह नेपालले स्वदेशी उत्पादनलाई बिभिन्न एक जर्दन बढि अन्तर्राट्रिय बजारहरुमा समेत पु¥याउदै आएको छ ।

तपाईको प्रतिक्रिया