जातीय भेदभाव विरुद्ध अन्तराष्ट्रिय संस्था ग्लोवल फोरमको अध्यक्षमा पदम विश्वकर्मा निर्वाचित भएका छन् । छुवाछूत मुक्त घोषणाको १६ बर्ष तथा जेठ २१को सन्दर्भमा, भर्चियुल माध्यमद्धारा आयोजित विश्व मञ्च ग्लोवल फोरमको तेस्रो अधिवेशनबाट पदम विश्वकमा सर्वसम्मत निवार्चित भएका हुन् ।

त्यसैगरी मञ्चको वरिष्ठ उपाध्यक्षमा मोतीलाल नेपाली, उपाध्यक्षमा अमर हजारा, महासचिवमा अमृत विश्वकर्मा र सचिवमा सुशिल विके निवार्चित भएका छन् । कोषाध्यक्षमा अनिता परियार, र सदस्यहरुमा अर्जुन बगाले, धन वहादुर विश्वकर्मा, मोहन विश्वकर्मा, हरिशरण परियार, एकराज लकान्द्रि र डा. शोभा नेपाली रहनु भएको छ । पदेन सदस्यमा निर्वतमान अध्यक्ष तिर्थ बर्मा विश्वकर्मा रहेका छन् ।

युवा तथा खेलकुद मन्त्री महेश गतराजले जातीय भेदभाव विरुद्ध विश्व मञ्च ग्लोवल फोरमको तेस्रो अधिवेसनको व्यानर पढेर उदघाटन गरे ।
उनले मानिस मानिस विचको विभेदको साझा तथा राष्ट्रिय समस्याको समाधान गर्न सिंगो समाज मिलेर एकिकृत रुपमा लड्नुपर्ने आवश्यकता रहेको बताए ।
“हजारौ बर्ष पहिले स्थापित जात व्यवस्था, मनुस्मिृती, १९१०को मुलुकी ऐन, लगाएतका विभेदकारी ऐन तथा संरचनाको अन्त्य गर्न, २००३ सालदेखी आन्दोलन सुरु भएको छ”, उनले भने, “निर्ममतापूर्वक सुरु भएको ऐन कानुन, संरचना भत्काउन जनयुद्धले सुरु गरेको सम्झौता, संघियता, धर्मनिरपेक्षता गणतन्त्र विरोधी पक्षहरु अझै पनि लागिरहेका छन् संविधानमा गरिएका व्यवस्था उल्टाउन, लागि परेका छन् । यसको अन्त्य हुन्छ । ”
उनले अपराध गर्ने केही वर्गको हालीमुहाली रहेको र उच्च जाति भनाउदाले दलित समुदायलाई विभिन्न वहानामा झुटा मुद्धा लगाउने गरेकाले यसको अन्त्यका लागि आफुले सधै पहल गरिरहेको बताए ।

वरिष्ठ साहित्यकार तथा दलित अधिकारकर्मी रणेन्द्र बरालीले ईटको जवाफ पत्थरले दिनपर्ने बताए ।

युकेस्थित दलित अधिकारकर्मी शेर बहादुर सुनार, नेपालभित्रको विभेद विश्वका ८४ वटा देशमा फैलिएको बताए । उनले अहिले विश्वका कुनै पनि देशमा घर खोज्न र किन्नुपर्दा आफ्नै जातिको घर खोज्नुपर्ने वाध्यता रहेको छ भने ।
उनले दलितका श्रीमती मात्रै सति जानुपर्ने प्रथा भएको भए अहिलेसम्म सतिप्रथाको अन्त्य हुदैनथ्यो भने ।
उनले “स्कुल पढ्दा पानी राखेको माटाको गाग्रो छोईयो भनेर पटक पटक फुटाइएको स्मरण गर्दै उत्त स्कुलमा तामाको गाग्रा उपहार दिएर अब गाग्रो नफुटाउन अनुरोध गरेको सुनाए ।
फोरमका अध्यक्ष तथा तेस्रो अधिवेसनको समेत अध्यक्षता गर्नुभएका तिर्थ बर्र्माले विश्वभरी फैलिएको जातिय भेदभाव तथा छुवाछूतको अन्त्यका लागि जातिय भेदभाव विरुद्ध अन्तराष्ट्रिय मञ्च गठन गरिएको बताए ।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, प्रवासी नेपाल भारतका तिल विश्वकर्मा, प्रवासी मञ्चका अध्यक्ष प्रभु थापा, नासो कम्युनीटिका अध्यक्ष राजेन्द्र सुनार, दलित गैरसरकारी संस्था महासंघका महासचिव एकराज लकान्दी्र, नोप्स युरोपका अध्यक्ष तथा दलित अधिकारकर्मी अर्जुन सुनार लगाएतले असमानता र छुवाछूतका विषय गम्भिर ढंगले उठाउन नसकिएकोमा चिन्ता व्यत्त गरे ।
लेखक तथा अधिकारकर्मी सुशिल विकेले छुवाछूत मुक्त राष्ट्र घोषणाका १६ वर्ष र कार्यन्वयनका सवाल बारे अहिलेसम्मको कार्यन्वय पक्ष एकदमै फितलो रहेको बताए ।
फोरेमका नवनिर्वाचित अध्यक्ष पदम विश्वकर्माले नेपालबाट सुरु भएको जातीय भेदभाव तथा छुवाछूत दक्षिण एसिया हुदै संसारभरी संस्थागत भएकाले संसारबाटै यसको अन्त्यका लागि अन्तराष्ट्रिय स्तरमा क्रियाशील व्यत्ति तथा संघ संस्था र नागरिक समाज लगाएत सबै पक्षसँग सहकार्य र समन्वय गर्न गर्दै जाने प्रतिवद्धता गरे ।

तपाईको प्रतिक्रिया