काठमाडौं । वैज्ञानिक सामाजवादी कम्युष्टि पार्टी, नेपालका सचिवालय सदस्य एवम् जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक राजकुमार हिङमाङको शव्द, संगीत र गायन रहेको नयाँ प्रगतिशील गीत सार्वजनिक भएको छ । त्रिताल स्टुडियो काठमाडौंले उत्पादन गरेको यो गीत थाहायात्रा युट्युव च्यानलमार्फत शुक्रवार साँझ सार्वजनिक भएको हो ।

संगीत संयोजनमा शिवसङ्गम राइसमेतको भुमिका रहेको गीतमा पार्वती राई, शिवसंगम राई, मेनुका राई र राजकुमार हिङमाङको स्वर रहेको छ भने गीतको एरेन्ज तथा मिक्सको काम सुन्दर लामाले गरेका छन् ।

गीतले वैज्ञानिक समाजवादी क्रान्ति यात्रामा सहभागी हुन महिलादेखि युवा–विद्यार्थी, मजदुर–किसान, दलित–जनजाती सबैलाई आव्हान गर्दै अन्याय, अत्याचार र बेथितीका बिरुद्ध सबै एकजुट भएर अगाडि बढे मात्र सफलता हासिल गर्न सकिन्छ भन्ने भाव सिर्जना गरेको छ । गीतले संसारभरीका सबै श्रमजीवीलाई समेत श्रमजीविको आफ्नै व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागी एकजुट हुनुपर्ने कुरामा जोड दिएको छ ।

तपाईको प्रतिक्रिया