दुर्घटना लगत्तै विश्वकर्मालाई पुरानो मेडिकल कलेज चितवन ल्याउने पुर्याउन नपाउदैँ मृत्यु भएको चितवनका प्रहरी प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक(एसपी) नवराज अधिकारीले समता प्रेसलाई जानकारी दिए । उनका अनुसार विश्वकर्मा चढेको बा४ ख ४१२ नम्बरको माइक्रोबसले सडकमा रोकिएको ना ४ ख ८५२२ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । माइक्रोबसमा रहेका थप ५ जना घाइते रहेको प्रहरीले जनाएको छ ।

निधन भएका विश्वकर्मा केहि दिनदेखि आफ्नो स्थायी घर चितवनको माडीमा रहेका थिए । सोमबार नै काठमाडौं आउने तयारी गरे पनि बुबा बिरामी भएका कारण एक दिन ढिलो गरेर आज काठमाडौंका लागि हिँडेका उनको पारिवारिसक स्रोतले जनाएको छ ।

विश्वकर्माले लामो समयदेखि चर्चित कार्यक्रम बहकिने मन सञ्चालन गर्दै आएका थिए । विश्वकर्मा आहुती नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उक्त पार्टीको भातृ संगठन जात व्यवस्था उन्मुलन मोर्चा नेपालको सचिव थिए ।

तपाईको प्रतिक्रिया