काठमाडौं । नेपाल चलचित्र कलाकार संघको निर्वाचन नजिकिरहेका बेला अधिकांशले उम्मेदवारी घोषणा गरिरहेका छन् । अधिकांश कलाकारले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहदाँ संघका सचिव पनाह अधिकारी भने अहिलेसम्म मौन छन् ।

सचिव अधिकारीले कुन पदमा उम्मेदवारी दिन्छन् भन्ने सबैका लागि चासोको विषय बनेको छ । यसबारेमा अधिकारीसँग बुझ्न खोज्दा उनले अहिले आफु परीक्षामा व्यस्त भएकाले कुनै प्रतिक्रिया नदिने समता प्रेससँग बताईन । उनले भनिन्, ‘अहिले म परीक्षा दिनमा व्यस्त छु । कुन पदमा उम्मेदवारी दिने भन्नेमा मेरो कुनै प्रतिक्रिया छैन ।’

उनले उम्मेदवारी घोषणा गर्ने समय धेरै बाँकी रहेको र आफु सचिव पदमा रहेकाले त्यो जिम्मेवारी नै पुरा गरिरहेकाले अहिले कुन पदमा उम्मेदवारी दिने भन्ने निक्यौल नभइसकेको बताईन । उनले समता प्रेससँग भनिन्, ‘अधिवेशन आउन नै २ महिना बाँकी छ । म निर्वाचन हुने दिनसम्म पनि सचिव हुने भएकाले म सचिवको भूमिका त्यो दिनसम्म निर्वाह गरिरहन्छु । जुन पदमा उपयुक्त छ भनेर मेरा शुभचिन्तकले भन्नुहुन्छ  त्यसैमा उम्मेवारी दिन तयार छु ।’

कुनै न कुनै पदमा त उम्मेदवारी दिने तयारी होला नि भन्ने प्रश्नमा उनले सबैको माग र सुझाव अनुसार  उम्मेदवारी दर्ता गर्ने दिनमा नै उम्मेदवारी घोषणा गर्ने उनको तयारी छ । उनले भनिन्, ‘यसका लागि अझै धेरै समय बाँकी छ । मेरो पक्षमा अधिकांश कलाकार हुनुहन्छ । उम्मेदवारी दर्ता गर्ने दिनमा नै कुन पदमा उम्मेदवारी दिने भन्ने सबैको सुझाव र सल्लाह अनुसार उम्मेदवारी दिन्छु ।’

उनले  एक कार्यकाल सचिव पदमा बसेर अब्बल सावित गरिसकेकाले अब महासचिव पदमा उम्मेदवारी दिने अधिकांशको अनुमान छ । सचिव पदमा रहदाँ महासचिवकाे निर्देशनमा महासचिवकाे काम र जिम्मेवारीमा रहेर पनि काम गरेकाे उनीसँग अनुभव छ ।

महासचिवमा अहिलेसम्म वर्तमान महासचिव चेतबहादुर सिंहसँगै, धमेन्द्र आचार्य, राजेश महर्जन, सञ्यज खतिवडाले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

सचिव पनाह अधिकारी यस अघि सचिव पदमा निर्वाचित हुदाँ कविता गेलाल र राजकुमार शाहसँग प्रतिस्पर्धा गरेकी थिइन । यस अघि अधिकारी सचिव भन्दा तल कुनै पदमा नरहेर एकै पटक सचिव पदमा विजयी भएकी हुन् ।

अहिलेसम्म संघको अध्यक्षका लागि संघका वर्तमान अध्यक्ष रविन्द्र खड्क, बरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती, उपाध्यक्ष माेहन निराैला, सुशान्त श्रेष्ठ, सविन श्रेष्ठ लगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् । विशेषगरी बरिष्ठ उपाध्यक्ष उप्रेती र उपाध्यक्ष निराैलाविच अध्यक्षमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकाे छ ।

संघका सचिव पनाह अधिकारी फागुन ४ गतेसम्म सदस्यता नविकरणको समय भएकाले सबै सदस्यलाई सदस्यता नविरकरण गर्नका लागि पनि अनुरोध गरेकी छन् ।

तपाईको प्रतिक्रिया