काठमाडौं । ‘यो यस्तै छ अरुलाई सहयोग गर्छ तर, आफु सहयोग कहिल्यै लिन मान्दैन । सरी रेस्मा, मैले यो साथीको बारेमा भन्ने मौका नै पाइन । हिजो मात्रै ५ वर्ष जेल सजाय काटेर आएको कैदी हो यो । जसको दोषी म नै हो । सायद त्यो दिन म मात्तिएर झगडा सुरु नगरेको भए, यसको हातबाट त्यो मान्छे मर्ने थिएन होला । यो जेल गएदेखि यसको आफन्त, परिवार सबैले छोडे । यो सँग सबैले नाता तोडे । यसको प्रेमिकाले पनि यसलाई छोड्यो । सबै भएर पनि उ आज एक्लो छ ।’
गायक एस कुमारले भर्खरै मात्र सार्वजनिक गरेका ‘गल्ली’ नामको म्यूजिक भिडियोको अन्तिम सम्बाद हो यो । एउटा प्रेमीकाले आफुलाई प्रेम गर्ने मान्छेले अर्कैले गरेको गल्तीको दोषका कारण ५ वर्ष जेल सजाय भोग्नुपरेको कथा एस कुमारको ‘गल्ली’ नामको म्यूजिक भिडियोमा समेटिएको छ । १० मिनेटको गीत हेर्दा पनि साढे ३ घण्टाको कथानक चलचित्र हेरेझै महशुस हुन्छ ।
गायक एस कुमारको स्वरसँगै गायिका मेचु धिमालको जादुमय स्वरसँगै गायक एस कुमार, मोडल रेस्मा घिमिरे, उषा बराईली र मोडल राजेश घतानीको अभिनय पनि म्यूजिक भिडियो सकिएको थाहा नै नहुने गरी निदेृशक निकेश खड्काले कथामा अभिनय बुनेका छन् ।
गायक एस कुमारकै अफिसियल यूट्व च्यानल एस कुमार अफिसियलबाट सार्वजनिक भएको हो । गीतमा सङ्गीत तथा शब्द रचना गायक स्वयं एस कुमारकै रहेको छ । हरि हुमागाईं छायांकन गरेको म्यूजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् ।
यस्तो छ गीतको कथा
एस कुमार र रेस्मा घिमिरेको एकदमै गहिरो प्रेम चलिरहेको छ । उनीहरु एक आपसमा भेटघाट गर्ने गरिरहेका हुन्छ्न । उनीहरु सँगै घुमघाम गरिरहेका बेला एकाएक एसकुमारलाई उनको यूएसमा रहेको साथीले नेपाल आएको मौकामा पार्टीमा बोलाउछन् । ती साथी हुन्छन् राजेश घतानी । एस कुमार र राजेश रेस्टुरेन्टमा पार्टी मनाउछन् । रेस्टुरेन्टमा मदिरा सेवन गरेर मात्तिएका राजेशका कारण झगडा हुन्छ । झगडाले ठुलो रुप लिएपछि एस कुमारको चोटबाट एक जनाको मृत्यु हुन्छ । त्यसपछि गायक एस कुमार जेल जान्छन् । एस कुमार जेल परेको बेला रेस्मा जेलमा आएर एस कुमारलाई हत्याराको आरोप लगाउँदै उनीसँगको सम्बन्धबाट टाढिन्छन् ।
५ वर्षपछि एस कुमार जेल मुक्त भएर घर आउँछन् । आमाले उनलाई स्विकार गरे पनि बाबुले एसकुमारलाई थर्काउदैँ भन्छन्, यो मेरो घर हो, कुनै कैदी बस्ने जेल होइन । त्यसपछि उनी आफ्नो एकजना नजिकको साथीको घरमा जान्छन् । घरमा जादाँ एसकुमारले आफ्नी पूर्व प्रेमिका रेस्मालाई देखेर अचम्मित हुन्छन् । एस कुमारकी पूर्व प्रेमीकालाई नै उनका साथीले बिहे गरेका रहेछन् । एक रात त्यतै बितारु एस कुमार पछिल्लो दिन निस्कीदैँ गर्दा एसकुमारले विहेको गिफ्ट केहि दिन नपाएको भन्दै आफ्नो प्रिय चिनो प्रिय साथीलाई भन्दै आफ्नै हातमा बाधेको घडी साथीको हातमा बाधिदिन्छन् । उनको साथीले यो तिमीलाई नै काम लाग्छ भन्दा एस कुमारले भन्छन्, समयले ठगेको मान्छेलाई यो घडीको के काम । यो घडी तिमीलाई नै गिफ्ट भयो । उक्त घडी रेस्माले पहिले एसकुमारलाई गिफ्ट गरेको घडी हुन्छ ।
त्यसपछि रेस्माका श्रीमान जो एस कुमारकै साथी हुन्, उनले चेकबुक एस कुमारको हातमा थपाउछन् । एसकुमारले चेकबुक खोलेर हेर्दा ५० लाखको हुन्छ । एस कुमारले चेक साथीलाई नै थमाउदैँ भन्छन्, मलाई चाहिएको खुसी यो पैसाले किन्न सकिने भए म यसलाई राख्थे होला ।
त्यसपछि जव एस कुमार घरबाट बाहिरिन्छन्, रेस्मालाई उनका श्रीमानले एस कुमारको बारेमा सबै बेलिबिस्तार सुनाउदैँ आफ्नो कारणले एस कुमार जेल जानु परेको सुनाउछन् ।
यो यस्तै छ अरुलाई सहयोग गर्छ तर, आफु सहयोग कहिल्यै लिन मान्दैन । सरी रेस्मा, मैले यो साथीको बारेमा भन्ने मौका नै पाइन । हिजो मात्रै ५ वर्ष जेल सजाय काटेर आएको कैदी हो यो । जसको दोषी म नै हो । सायद त्यो दिन म मात्तिएर झगडा सुरु नगरेको भए, यसको हातबाट त्यो मान्छे मर्ने थिएन होला । यो जेल गएदेखि यसको आफन्त, परिवार सबैले छोडे । यो सँग सबैले नाता तोडे । यसको प्रेमिकाले पनि यसलाई छोड्यो । सबै भएर पनि उ आज एक्लो छ ।