काठमाडौं । नेपाल चलचित्र कलाकार संघका सचिव पनाह अधिकारीले संघको आसन्न निर्वाचनमा महासचिवमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । अधिकांशले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका बेला उनी भने मौन थिईन । यद्यपी शनिबार भने उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नौ बुदेँ एजेण्डासहित महासचिवमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
कलाकार अधिकारी बिगत दुई दशकदेखि नेपाली चलचित्र क्षेत्रमा नायिकाको रुपमा सक्रिय रहँदै आएकी छन् । नेपाल चलचित्र कलाकार संघमा सचिब पदमा रहेर कुशलतापूर्वक आफ्नो पदीय जिम्मेवारी पुरा गरेको भन्दै आफुले आर्जन गरेको संस्थागत ज्ञान, सिप र जनसम्पर्कलाई अधिकतम् प्रयोग गरी आगामी कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिएको उनले समता प्रेससँग बताईन ।
उनले भनिन्, यहि चैत्र ४ गते हुन गईरहेको महाधिवेशनमा मैले ‘महासचिब’ पदमा उम्मेदवारी दिने घोषणा गर्दछु । उम्मेदवारी घोषणा गर्दै गर्दा मेरो कार्यकालमा नौ बुदेँ एजेन्डा सम्पन्न गर्ने प्रतिवद्धता पनि जाहेर गर्दछु ।
यस्ता छन् उनका नौ बुदेँ एजेन्डा
१. नेपाल चलचित्र कलाकार संघको प्रशासन र दैनिक कार्यहरुलाई चुस्त र दुरुस्त राख्नेछु ।
२. अप्रत्यसित रुपमा रोकिएका नेपाली चलचित्रका कलाकारहरुलाई प्रत्यक्ष लाभ पुग्ने विभिन्न कार्यक्रमहरु गर्नेछु । । बिगतमा रोकिएको फान अवार्डलाई निरन्तता दिनेछु ।
३. कलाकारहरुको बृत्ति विकाशका लागि चलचित्र अभिनय सम्बन्धि विभिन्न कार्यशाला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्नेछु ।
४. कलाकारका समस्यामा विभिन्न अन्तरक्रिया कार्यक्रम नियमित रुपमा गर्नेछु ।
५. अन्तराष्ट्रिय क्षेत्रमा रहेका नेपाली चलचित्रका कलाकारसँग सम्पर्कसँगै समन्वयन गरेर संघको अन्तराष्ट्रिय शाखा बिस्तारसँगै अन्तराष्ट्रिय चलचित्र महोत्सबहरुमा कलाकारहरुको प्रत्यक्ष सहभागिता गराउन पहल गर्नेछु ।
६. चलचित्र विकाश बोर्ड र चलचित्र सेन्सर बोर्डको एकरएक सदस्यमा कम्तीमा कलाकार संघको एकरएक सदस्यलाई अनिवार्य नियुक्तीको लागि कोटाको पहल गर्नेछु ।
७. नेपाल चलचित्र कलाकार संघको कल्याणकारी कोषमा अहिलेको भन्दा दोब्बर रकम बृद्धि गर्नका लागि हरेक वर्ष मुलुकका सात वटै प्रदेशमा नेपाल चलचित्र कलाकार संघ सँस्कृतिक प्रस्तुतिसहित विभिन्न कार्यक्रम गर्नेछु ।
८. संघको सचिव पदमा रहँदा बनेको संस्थाको भवन व्यबस्थापन गरी सो भवनको ऋण चुक्ता गर्न पनि आर्थिक पहल गर्नेछु ।
९. चलचित्रबाट कलाकारहरुको पारिश्रमिक लिन बाँकी हुने र रिलिज पछि सो पारिश्रमिक नदिने समस्या बढेकोले गर्दा चलचित्रको सेन्सर अघि कलाकार संघबाट सम्बन्धित कलाकारको पारिश्रमिक चुक्ता भएको चिठ्ठी समायोजन अनिवार्य गराउने छु ।
अन्ततः अन्य योजनाहरु भने यहाँहरुको सल्लाह र सुझाब बमोजिम आगामी कार्यसमितिसँग मिलेर थप कार्यक्रम सार्वजनिकसँगै कार्यन्वयनको पहल गर्नेछु ।
उपरोक्त सम्बन्धमा यहाँहरुले मलाई आफ्नो अमूल्य मत प्रदान गरी नेपाल चलचित्र कलाकार संघको केन्द्रिय महासचिवमा विजयी गराउनु हुनेछ भन्ने पूर्ण विश्वासका साथ महासचिव पदको उम्मेदवारी घोषणा गर्दछु ।