काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्नुभयो ।
दसौंदीले ४ हजार २६ मतभार पाउनुभयो भने काँग्रेसका आचार्यले ३ हजार ७ सय २० भतभार पाउनुभयो । नागरिक उन्मुक्ति पार्टीका रायले १ सय ९२ मतभार पाउनुभयो ।
दसौंदीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दलहरुको समर्थन थियो । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको एक सिटमा आज उपनिर्वाचन भएको हो ।