काठमाडौं । अखिल क्रान्तिकारीमा देखिएको विवाद समाधान गर्नका लागि आयोजक समिति गठन गर्ने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छ । केहि दिन अघि बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको पार्टीले परिपत्रमार्फत जानकारी गराएको हो ।
बैठकले स्ववियु निर्वाचनपछि राष्ट्रिय सम्मेलन गर्नेगरी अहिले स्ववियु निर्वाचनमा एकढिक्का भएर लाग्ने निर्णय गरेको हो । यस्तै बैठकले समानान्तर संगठन र गतिविधि गर्न नपाउने निर्णय पनि गरेको छ ।
परिपत्रमा भनिएको छ, ‘विद्यार्थी मोर्चामा देखिएको समस्यालाई हल गर्न बैठक राखेर केन्द्रीय आयोजक समिति निर्माण गर्ने र एकढिक्का भएर स्ववियु चुनावमा लाग्ने । स्ववियु चुनाव पछि राष्ट्रिय सम्मेलन गर्ने । समानान्तर संगठन र अतिविधि गर्न नपाउने ।’