काठमाडौं । लामो समयदेखि बस्न नसकेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बिहीबार बस्ने भएको छ । बिहीबार साँझ ५ बजे केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट बस्न लागेको हो ।
्
माघ १२ गतेदेखि २१ गतेसम्म पार्टी कार्यलय पेरिसडाडामा बसेको स्थायी समिति बैठकले भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । भर्चुअल बैठकका लागि जुम आइडी र पासवर्ड सम्बन्धित माध्यमबाट पठाइने जनाइएको छ ।
भर्खरै सम्पन्न स्थायी समिति बैठकले २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समिति गठन गरिसकेकाे छ ।