काठमाडौं । आजका लागि बोलाइएको सत्ता गठबन्धन उच्चस्तरीय समयन्त्रको बैठक स्थगित भएको छ ।

सयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल भइरहेको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार विश्वासको मत नदिए सरकार ढल्ने खतरा छ ।

सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने अगाडि लिएपछि ओली र प्रचण्ड छलफलमा जुटेका हुन् ।

नाउपाका संरक्षक रेशम चौधरीसहितको मुद्दा फिर्ता लिनुपर्ने माग राखेको छ । नाउपामा सांसद यतिबेला काठमाडौंमा छन् ।

तपाईको प्रतिक्रिया