काठमाडौं। सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभामा आज मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिँदै हुनुहुन्छ ।

यसअघि आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बैठक ४ बजेका लागि सारिएको थियो ।

सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा साथ दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेको छ । तर अन्तिम समयमा दिन सक्ने एमाले नेताहरुले बताएका छन् ।

मुख्यमन्त्री रावलले आज विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । यदि उहाँले विश्वासको मत लिन नसकेमा स्वतः पदमुक्त हुनुहुनेछ ।

तपाईको प्रतिक्रिया