काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताले लोकतन्त्रको सार्थक अनुभूति गर्ने माध्यम निर्वाचन भएको बताउनुभएको छ । सिंहदरबारमा आज आयोजित कार्यक्रममा उहााले निर्वाचन व्यवस्थापनमा सुधार गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने जिम्मेवारी आयोगमा रहेकोले त्यसको लागि समयानुकूल परिष्कृत निर्वाचन कानूनको आवश्यकता रहेको मा जोड दिनुभयो ।

आयोगले निर्वाचन व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र तथा मौजुदा कानुनमा संशोधन र परिमार्जन गर्नुपर्ने विषय पहिचान गरी राजनीतिक दल तथा अन्य सरोकारवालाहरूको राय सुझावसहित निर्वाचन व्यवस्थापन र सञ्चालन सुझावसहित एकीकृत कानुनको मस्यौदा तयार भइसकेको उहाँको भनाइ छ ।

नेपालको संविधान जारीपछि संविधान तथा निर्वाचन सम्बन्धी कानूनले निर्दिष्ट गरेबमोजिम देशले अंगीकार गरेको मिश्रित निर्वाचन प्रणाली अनुसार दुई वटा आवधिक निर्वाचन सम्पन्न भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था, नागरिक स्वतन्त्रता, मानव अधिकार, बालिग मताधिकार र आवधिक निर्वाचनलाई संस्थागत गर्दै मूर्तरुप दिन महत्वपूर्ण उपलब्धी हासिल भएकाले मुलुकले अवलम्बन गरेको निर्वाचन प्रणालीबाट अपेक्षित उपलब्धीहरू हासिल हुन नसकेका गुनासाहरू बेलाबखत सुनिने गरेको सन्दर्भमा यो अध्ययनबाट प्राप्त निष्कर्ष एवं सुझावहरू निर्वाचनको समग्र पक्षलाई सुधार गर्नका लागि महत्वपूर्ण हुने आयुक्त थपलियाको विश्वास छ ।

तपाईको प्रतिक्रिया