काठमाडौं । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार(भोलि) बिहान बस्ने भएको छ। आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तापछि भोलि बिहानसम्मलाई सरेको हो।
संयन्त्रको बैठक भोलि बिहान ९ बजे बस्ने जनाइएको छ। एमाले अध्यक्ष ओलीसँगको छलफलपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले संयन्त्रको बैठक भोलि बिहान ९ बजे बस्ने बताउनुभयो।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच हिजो पनि छलफल भएको थियो। हिजोको छलफलपछि आज संयन्त्रको बैठक बस्ने भनिएको थियो।