काठमाडौं । ‘टिका पुन सांगीतिक साँझ’लाई भब्य रुपमा सफल पार्न सहयोग गर्ने, प्रयोजक, सहयोगीदाता र पत्रकारप्रती गायिका टिका पुनले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
सांगीतिक साँझ सम्पन्न भएलगत्तै आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उहाँले यस आफूलाई गरेको सहयोग कहिल्यै नबिर्सिने प्रतिबद्धता पनि जनाउनुभयो ।
कार्यक्रमको मिती घोषणा भएदेखी कार्यक्रमको अन्तिम दिनसम्म भोक निन्द्रासमेत सहेर खटिएको भन्दै उहाँ धन्यवाद ज्ञापन कार्यक्रममा भाबुकसमेत हुनुभयो। गायिका पनुले कतिपय व्यक्तिले आफुलाई बाचा गरेर पनि धोका दिएको स्मरण गरिन् । उहाँले भन्नुभयो, ‘कतिपय व्यक्तिले मलाई चित्त पनि दुखाउनुभयो । मलाई सुर्खेत भेरी तिरका ब्यक्तिले सहयोग गर्नु भएन । सुर्खेतले आफ्नो चेलीलाई हेला गर्यो । तर पनि दर्शकको मायाले हल भरिएर खचाखच भयो । कतिपय ब्यक्ति त हलमा नअटाएर फर्किन परो भन्दै गुनासोसमेत गर्नुभयो । मनमा धेरै गुनासो छन् तर यहाँ भनेर सम्भब छैन । जे जस्तो गुनासो भएपनि कार्यक्रम भब्य रुपमा सफल भयो । यसैमा खुसी छु । यसमा सबैलाई धन्यबाद दिन चाहान्छु ।’
आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राखेको पनि गायीका पुनको भनाइ छ । दर्पण संगीतालयले आयोजनामा धन्यवाद ज्ञापन तथा सम्मान पत्र वितरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ‘टिका पुन सांगीतिक साँझ’लाई भब्य रुपमा सफल पार्न आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने ब्यक्ति र बिभिन्न मिडियाकर्मीलाई बरिष्ठ गायक प्रेमराजा महत, बरिष्ठ गायक एबं चलचित्र निर्देशक नारायण रायमाझी, दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्का र टिका पुनले संयुक्त रुपमा प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।