काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनमा खटपट सुरू भइसकेको दाबी गर्नुभएको छ । उहाँले ढिलो चाँडो काँग्रेस नै मुलुकको नेतृत्वमा आउने र काँग्रेसले मात्रै समाधानको दिशा दिन सक्ने दाबी पनि गर्नुभयो ।
सातौं नुवाकोट महोत्सवमा सम्बोधन गर्दै प्रवक्ता महतले निर्वाचनमा काँग्रेसलाई पहिलो दलको रुपमा जनमत प्राप्त भए पनि अनेकन चलखेल गरेर सत्ताबाहिर पु¥याइएको दाबी गर्नुभयो ।
यो निर्वाचनमा काँग्रेसले जनताको साथ पायो, पहिलो दल पनि बन्यो । तर, अनेकन चलखेल गरेर काँग्रेसलाई सत्ताभन्दा बाहिर पु¥याइएको छ, उहाँले भन्नुभयो । तर सत्ता गठबन्धनमा अहिले नै खटपट सुरू भइसकेको उहाँको दाबी थियो ।
यसले मुलुकको विकास र समृद्धिको यात्रालाई अन्योलमा पारेको र अब विकास र समृद्धिको यात्राको नेतृत्व पनि काँग्रेसबाट मात्रै सम्भव रहेको उहाँको दाबी थियो ।