काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समिक्षा बास्कोटा चयन हुनुभएको छ भने महासचिवमा रन्जु दर्शनालाई चयन गरिएको छ।

हिजोदेखि काठमाडौंमा जारी पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिनुभयो ।

८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको उहाँले बताउनुभयो ।

उपाध्यक्षमा प्रकाशचन्द्र परियार,विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन् भने सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन्। यसैगरी कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको छ।

पार्टीमा ६१ केन्द्रीय समिति सदस्य रहने उनले बताए। केन्द्रीय सदस्यलाई चुनावबाट छान्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया