बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयतको शपथ लिने भएका छन् । दिउँसो १ बजेका पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम आयोजना गरिएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री लीला गिरीले सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर शनिवार सरकारलाई पूर्णता दिएका थिए । जसमा आर्थिक मामिलामन्त्रीमा जोखबहादुर महरा, खानेपानी मन्त्रीमा चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकासमन्त्रीमा इन्द्रजित थारू, स्वास्थ्यमन्त्रीमा विष्णुप्रसाद पन्थी र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीमा कृष्णा केसी नियुक्त भएका छन् ।
यस्तै वन तथा वातावरणमन्त्रीमा दुर्गाप्रसाद चौधरी, उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्रीमा जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्थामन्त्रीमा तुलसीराम शर्मा र सामाजिक विकास मन्त्रीमा चन्द्रकेश गुप्ता नियुक्त भएका छन् ।