काठमाडौं । संगीत तथा चलचित्रकर्मी यसकुमारको गीत ‘गल्ली’ सार्वजनिक भएको छ । बिहीबार दरबार मार्गस्थित राइजिङ मलमा एक कार्यक्रमको आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो ।
महानायक राजेश हमालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रकाश सुवेदी, जिम्मी लामा, रन्जित तामाङ लगायत अतिथिका रुपमा उपस्थित थिए ।
म्युजिक भिडियो ‘गल्ली’ बारे बोल्दै प्रमुख अतिथि राजेश हमालले भावना डुबेर कलाकारिता पस्किनु नै यसकुमारको सफलता रहेको बताए । ‘यसकुमारलाई भावनामा डुबेर, महसुस गरेर त्यसलाई आत्मसाथ गरि मनदेखि कलाकारिता पस्किने व्यक्तित्वको रुपमा हेर्छु । वहाँको कला ग्रहण गर्नेने पनि त्यसलाई मनले हेर्छ र सोच्छ, त्यो वहाँको सफलता हो ।’, हमालले भने ।
स्तै, भिडियोको चर्चा गर्दै पत्रकार प्रकाश सुवेदीले यसअघि यसकुमारको थुप्रै गीतहरु सफल भएको स्मरण गराउदै यस गीतले पनि इतिहास दोहो¥याउनुपर्ने बताए । उनको गीतको चर्चाको प्रसंगमा सुवेदीले भने, ‘एकदिन हामी पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीकोमा गएका थियौं, वहाँले यसजीलाई “अब तपाइँले छोएको पानी मात्र हैन, खाना पनि चल्छ ।” भन्नुभयो । एउटा पूर्व प्रधानमन्त्रीले वहाँको चिनारी प्रस्तुत गर्नुभयो । यस भाइको “मैले छोएको पानी चल्दैन” बच्चादेखि बृद्धासम्मकाले चिन्छन् । यो गीतले त्यो इतिहास दोहोर्याओस् ।’