तेह्रथुम । प्रथम ऐतिहासिक आठराई गाउँपालिका अध्यक्ष रनिङ कप-२०७९ को उपाधि फेदाप गाउँपालिकाले जितेको छ ।
खाम्लालुङको झाँक्री गुफास्थित मैदानमा भएको प्रतियोगिताको अन्तिम खेलमा आयोजक आठराई गाउँपालिकाको टिमलाई पराजित गर्दै फेदापले उपाधि चुमेको हो ।
फेदापले आठराईलाई २-० ले स्तब्ध बनाएको हो । उपाधिसँगै फेदापले नगद एक लाख ५० हजारसहित तीन वर्ष रनिङ कप, मेडल र प्रमाणपत्र पाएको छ ।
उपविजेता बनेको आयोजकले नगद एक लाख, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ ।
त्यस्तै, खुल्ला भलिबल तर्फको उपाधि आठराई गाउँपालिकाले जितेको छ । विजेता बनेको उसले ३ वर्षे रनिङ कपसहित नगद ८० हजार पाएको छ । उपविजेता बनेको मुर्तिढुङ्गा धनकुटाले ५० हजार नगदर पुरस्कारमा चित्त बुझाएको छ ।
त्यस्तै, खुल्ला महिला फुटबल तर्फ पोखरी मावि छातेढुंगा विजेता बनेको छ भने फेदाप उपविजेता बनेको छ ।
पोखरीले ६० हजार पुरस्कार पायो भने फेदापले ४० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा फेदापका निशान लिम्बु उत्कृष्ट खेलाडी घोषित भए ।