काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति गरेका छन् ।

पुर्वदेखि पश्चिम तराईसम्म नागरिक अधिकारका विषयलाई केन्द्रमा राखेर स्थापित यी तीन दलले कार्यगत एकता गरेर काम गर्ने सहमति गरेका हुन् ।

शनिबार भएको उपराष्ट्रपति निर्वाचनमा तीन दलका तर्फबाट जनमत पार्टीले उम्मेदवारी दिएको छ । तीन वटै दल नेपाली कांग्रेस र माओवादी केन्द्र नेतृत्वको सत्ता गठबन्धनमा सामेल छन् । तर गठबन्धन दलले जनता समाजवादी पार्टीलाई उपराष्ट्रपति दिने निर्णय गरेपछि तीन दलले कार्यगत एकतासहित गठबन्धनमा भागबण्डाकालागि एकीकृत प्रयास गर्ने भएका छन् ।

शनिबार तीन दलका अध्यक्षहरुले विज्ञप्ति जारी गर्दै कार्यगत एकताको सन्देश दिएका छन् । सहमतिपत्रमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका सीके राउत र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेका छन् ।

कार्यगत एकताको निर्णयमा पुगेका यी तीन पार्टीको संघीय संसद् र प्रदेशसभामा प्रतिनिधित्व रहेको छ ।

प्रतिनिधिसभामा जनमतका ६, लोसपाका र नागरिक उन्मुक्ति पार्टीका ४-४ जना सांसद छन् ।

तपाईको प्रतिक्रिया