दाङ । दाङमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ । गत शुक्रबार राति साढे १ बजे दुई युवकले २९ वर्षीया महिलामाथि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पीडितका श्रीमान् अपाङ्ग रहेको र मागेर गुजारा टार्दै आएकोमा उनीहरू घोराही उपामहानगरपालिका-१७ स्थित सडकमा सुतेका थिए ।

सडकमा सुतिरहेका श्रीमान‍्माथि कुटपिट गरी महिलालाई करिब २५ मिटर घिसारेर लगि सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा स्थानीय २९ वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरीलाई पक्राउ गरेको हो ।

अपाङ्ग श्रीमान‍्को उपचार गराउन उनीहरू तीन महिनाअघि दाङस्थित राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानमा आएकोमा उपचारको लागि रकम अभाव भएपछि बाटोमा मागेर गुजारा गरिरहेका थिए । घटना भएको दोस्रो दिन उनीहरूले जिल्‍ला प्रहरी कार्यालयमा पुगेर जाहेरी दिएका थिए ।

तपाईको प्रतिक्रिया