झापा । नेपाली कांग्रेसका नेता एवम् संविधानसभा सदस्य गणेश बिमलीको निधन भएको छ । फोक्सोको क्यान्सरबाट ग्रसित बिमलीको उपचारका क्रममा सोमबार राति निधन भएको हो । तेह्रथुमको आठराई गाउँपालिका-३, ह्वाकुका स्थायीबासी बिमली हाल झापामा बसोबास गर्दै आएका थिए ।

उनलाई उपचारकालागि भारतको दिल्ली लगिएको थियो । तर उपचार सम्भव नभएपछि घर फर्काउने क्रममा उनको निधन भएको उनका भाइ ओमकृष्ण बिमलीले जानकारी दिए ।

नेपाली कांग्रेस तेह्रथुमको जिल्ला सभापति समेत भइसकेका बिमली कांग्रेसका महासमिति सदस्य हुन् । उनी पहिलो संविधानसभामा समानुपातिकतर्फबाट सदस्य बनेका थिए ।

राजनीतिसँगै सामाजिक क्षेत्रमा सक्रिय बिमलीले तेह्रथुमको विकासमा महत्वपुर्ण योगदान पुर्‍याएका छन् । बिमलीको शव मंगलबार साँझ झापा ल्याइपुर्‍याइने र बुधबार दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया