काठमाडौं । मूलपानीको माथिल्लो क्रिकेट मैदानमा हुन लागेको नेपाल र साउदी अरेबियाबीचको खेल रद्द भएको छ। लगातार पानी परेपछि खेल एसीसीले खेल रद्द गरेको हो। तालिका अनुसार साढे ९ बजे टस हुनुपर्ने थियो।

मूलपानी मैदानमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्ने तयारीमा थियो। खेल रद्द भएसँगै नेपाल ५ अंक बनाएर सेमिफाइनलमा पुगेको छ। साउदी अरेबिया तीन अंकका साथ तालिकाको तेस्रो स्थानमा छ।

प्रिमियर कप अन्तर्गतकै त्रिवि क्रिकेट मैदानमा हुने खेल पनि सुरु हुन सकेको छैन। त्रिविमा आज बहराइन र हङकङबीच प्रतिस्पर्धा हुने तालिका थियो।

तपाईको प्रतिक्रिया