बर्दिया। प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले अनशन तोडेका छन्। विभिन्न माग राखेर वैशाख ३० गतेदेखि अनशन थालेका सांसद गौतमसँग ११ बुँदे सहमति भएपछि अनशन तोडिएको हो।

‘हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔँ’ भन्ने अभियानसहित विभिन्न १५ बुँदे माग राखेर गत वैशाख ३० गतेबाट बर्दिया जिल्ला स्थित बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुल (भत्किएको) मुनि गौतमले अनसन सुरु गरेका थिए।

गौतमको अनशन तोडाउन संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बर्दिया पुगेका थिए। दुई पक्षबीच बारबर्दिया नगरपालिका-११ स्थित अनशनरतस्थलमा वार्ता भएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हिकमतबहादुर बोहराका अनुसार सहमतिपछि दिउँसो ३:३० बजेबाट गौतम अनसन स्थगन गरेका छन्।

तपाईको प्रतिक्रिया