काठमाडौं । सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ।
गत जेठ ५ गतेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम शनिबार पारित भएको हो।
सभामुख देवराज घिमिरेले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन्।
शनिबारसम्म यस कार्यक्रममाथि छलफल भइरहेको थियो। छलफलको क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका थिए।
नीति तथा कार्यक्रममाथि केही सासंदहरूले संशोधन गर्ने प्रस्ताव राखेका थिए। केही सासंदहरूले ती प्रस्ताव फिर्ता लिएनन्।
तर ती प्रस्तावहरू अस्वीकृत भएका थिए। यस्तै, जेठ १५ गते संसदको दुबै सदनमा अपराह्न ४ बजे बजेट पेस हुँदैछ।
अर्को बैठक आइतबार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ।