काठमाडौँ । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले उपाधि जितेकी छन्। ललितपुरको गोदावरीमा शनिबार सम्पन्न अन्तिम स्पर्धामा उनले उपाधि हात पारेकी हुन्। २४ प्रतियोगी सहभागी अन्तिम स्पर्धामा २३ प्रतियोगीलाई पछि पार्दै प्रधानले उपाधि चुमेकी हुन्।

प्रधानलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज पहिराइदिएकी थिइन्।

यस वर्षको मिस नेपाल अर्थ रैना मजगैया घोषित भइन्। प्रसिद्वी शाहले मिस नेपाल इन्टरनेसनल घोषित भएको आयोजक हेडन ट्रेजरले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया