भक्तपुर । सुर्यविनायक नगरपालिकामा पूर्वाधार विकासका काम धमाधम भइरहेका छन् । नगरपालिकाले सडक, ढल, भवन, पुललगायत पुर्वाधार निर्माणका कामलाई तीब्रता दिएको छ ।

नगरपालिकाले राष्ट्रिय सञ्चार केन्द्रसँगको सहकार्यमा शुक्रबार वडा नं. १, २, ४ र ७ मा पत्रकारहरूलाई स्थलगत अवलोकन र अनुगमन गराएको छ ।
अवलोकनका क्रममा वडा नं. १ का अध्यक्ष सानुकाजी कायस्थले सडक पूर्वाधारका कामहरू धमाधम भइरहेको बताए । उनले शिक्षामा विद्यालयका सुधारका कार्य लागू गरिएको र वडामा रहेका ५ वटा सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा वडाको चासोका साथ लागिरहेको बताए ।

वडा न. १ र ४ जोड्ने पुलको समेत निर्माण भइरहेको छ । सिरुटारको माथिल्लो भेगमा समेत पक्की सडक विस्तारको कार्य चलिरहेको उनले बताए । वडा नं २ का अध्यक्ष प्रदिप कार्कीले वडामा विकाश निर्माणका कार्यहरु नियमित रुपम भइरहेको बताए । उनकाअनुसार वडामा ढल निकाशको लागि मुख्य काम भइरहेको छ । सामुदायिक विद्यालयमा सुधारका धेरै कार्य भएकाले स्थानिय बासिन्दामा समेत सामुदायिक विद्यालयप्रतिको रुचि बढ्दै गएको बताए ।

वडामा खानेपानीको भने मुख्य समस्या भएकाले नगरपालिका यसको समाधानकोलागि लागिरहेको बताए ।
४ न. वडाका वडाध्यक्ष लछुमन न्यौपाने वडामा संघ, प्रदेश र नगरपालिकाबाट विभिन्न शिर्षकमा बजेट विनियाजन भइरहेको र सो अनुसार विकाश निर्माणका कार्यहरु अगाडी बढिरहेको बताए ।

त्यसैगरि वडा नं. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले व्यक्तिले प्रयोग गरिहेको सार्वजनिक जमिनलाई बजेट विनियोजन गरि रंगशाला बनाउने कार्य चलिरहेको बताए ।

तपाईको प्रतिक्रिया