काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्‍मा आर्थिक वर्ष ०८०/०८१ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा मितव्ययिता अपनाइने बताएका हुन् ।

सरकारले सवारी साधन खरिद नगर्ने, फर्निसिङ खरिद नगर्ने पनि अर्थमन्त्री महतले बताए । त्यस्तै नेपाल सरकारले अनिवार्य प्रतिनिधित्व गर्नेबाहेकका वैदेशिक भ्रमण पनि रोकिने अर्थमन्त्री महतले बताए ।

त्यस्तै इन्धनबापत रकम नै प्रदान गरिने व्यवस्था बजेटमा गरिएको उनले बताए । त्यस्तै सरकारी सवारी साधनको सञ्चालन र व्यवस्थापनका लागि सवारी साधनको सट्टा तोकिएको मापदण्डको आधारमा एकमुष्ठ नगद नै वितरण गर्ने पनि अर्थमन्त्री महतले बताए ।

तपाईको प्रतिक्रिया