काठमाडौं ।  फिफा यू-२० विश्वकपको उपाधि उरुग्वेले जितेको छ।

अर्जेन्टिनामा गएराति सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।​ उरुग्वेको जितमा खेलको ८६ औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो।

उरुग्वेले पहिलो पटक यू-२० विश्वकप जितेको हो। त्यस्तै पहिलो पटक यू-२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उप-विजेतामा सीमित भयो।

यू-२० विश्वकपको उपाधि धेरै पटक जित्ने देश भने अर्जेन्टिना हो। अर्जेन्टिनाले अहिलेसम्म ६ पटक यो उपाधि जितेको छ भने ब्राजिलले ५ पटक जितेको छ। त्यस्तै पोर्चुगल र सर्बियाले २-२ पटक यो उपाधि जितेका छन्।

त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा भने इजरायलले दक्षिण कोरियालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो।

तपाईको प्रतिक्रिया