काठमाडौं । हालसम्म ५५ जिल्लामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विभिन्न २३ हजार ९६१ उजुरी दर्ता भएका छन्। गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म २ हजार पाँच सय २० वटा उजुरी मिलापत्रमार्फत टुंगिएको छ।
मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले हालसम्म २२ जिल्लाबाट मिटरब्याजसम्बन्धी उजुरी नपरेको जानकारी दिए । उनका अनुसार मिलापत्रमा टुंगिएका उजुरीमा कुल १ अर्ब २० करोड ४६ लाख २४ हजार ८ सय १२ रुपैयाँको कारोबार भएको उल्लेख थियो। पीडितमाथि साहूले भने २ अर्ब २२ करोड २५ लाख ९२ हजार १ सय ९९ माग दाबी गरेको भेटिएको छ।
त्यसमध्ये अहिलेसम्म ८४ करोड ३६ लाख ८३ हजार ३४ लेनदेन गर्ने गरी मिलापत्र भएको अधिकारीले बताए। मिलापत्र गरेर कुल ७१ बिघा, १९ कठ्ठा १० धुर जग्गा साहूबाट फिर्ता भएको पनि मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव अधिकारीले जानकारी दिए।