काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा संलग्नलाई आममाफी दिन नसकिने बताएका छन्।

मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको कार्यक्रममा नेता लेखकले गम्भीर प्रकृतिको मानवअधिकार हननका घटनामा संलग्नहरुलाई आममाफी दिन नसकिने भन्दै सरकारले संसद्‌मा पेस गरेको विधेयक परिमार्जन गर्न गर्नुपर्ने बताए।

राजनीतिक विचार बोकेका संगठीत समूहरुलाई मूल राजनीतिमा फर्काउनका लागि ती समूहका सदस्यमाथि लागेका मुद्दाहरु फिर्ता दिने व्यवस्थामा गहन छलफल गरेर आवश्यक परिमार्जन गरिने उनले बताए ।

‘सरकारले हतियार उठाएका समूहरुसँग वार्ता गरेर सम्झौता गरेको र सम्झौतामा मुद्दाहरु फिर्ता दिने वा माफी दिने विषय उल्लेख भएको र ती विषयलाई सम्बोधन गर्नका लागि आवश्यक ऐन ल्याउन खोजेको देखिएको छ,’ उलने भने।

लेखकले सरकारले यसअघि गरेको सहमति सम्झौता कार्यान्वयनका लािग विधेयकमा माफीको विषयलाई उल्लेख गरेपनि यसमा देशव्यापी चर्चा भएका कारण कानूनी राज्यको सिद्धान्त अनुसार दण्डहिनता नहुने स्थीतिलाई मध्यनजर गरेर परिमार्जन गर्नुपर्नेमा जोड दिए।

त्यस्तै लेखकले द्वन्द्वकालीन समयमा भएको गम्भीर प्रकृतिका मानवअधिकार हनन्का घटनामा सबैलाई माफी दिने हो की भन्ने चिन्ता जायज रहेको र द्वन्द्वकालीन घटनालाई संक्रमणकालीन न्यायसम्बन्धी कानूनले नै आवश्यक सम्बोधन गर्ने उल्लेख गरे।

तपाईको प्रतिक्रिया