काठमाडौं । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिमा महिलाको संख्या ६ प्रतिशत मात्रै भएको भन्दै असन्तुष्टि देखिन थालेको छ ।

लामो समयपछि केन्द्रीय समिति विस्तार हुँदा महिलाको संख्या न्यून भएको गुनासो उठ्न थालेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार नेविसंघमा ७१० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । इतिहासकै ठूलो केन्द्रीय समिति बन्दा महिलाको संख्या भने ४८ मात्रै रहेको छ ।

संविधानले हरेक राजनीतिक संगठनमा ३३ प्रतिशत महिला सभागीताको सुनिश्चिता गरेपनि नेविसंघ कार्यसमिति चयन हुँदा पालना भएको विद्यार्थी नेतृहरुको भनाई छ । उनीहरुले संविधानको प्रावधान अनुसार नेविसंघमा ३३ प्रतिशत महिला केन्द्रीय सदस्य मनोनित हुनुपर्ने माग गरेका छन् ।

कांग्रेस महाधिवेशन प्रतिनिधि इञ्जिनियर विद्या बरालले फेसबुकमा लेखेकी छन्, ‘संविधानमै उल्लेखित ३३ प्रतिशत महिला हुनुपर्ने नियमलाई नेवि सघं ले बेवास्ता गरेकै हो त ? मनोनित गर्दा पनि महिलामाथि अन्याय ? किन ७१० जना केन्द्रिय सदस्य रहेको नेवि संघको सो लिस्टमा मात्र ४८ जना महिला ?’

तपाईको प्रतिक्रिया